जेठ १६ गतेपछि मात्रै वर्षे बिदा दिने त्रिविको निर्णय  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जेठ १६ गतेपछि मात्रै वर्षे बिदा दिने त्रिविको निर्णय 


१० जेष्ठ २०८०, बुधबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले जेठ १६ गतेपछि मात्रै वर्षे बिदा दिने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले त्रिविका आङ्गिक क्याम्पस, केन्द्रीय विभाग तथा विभागहरूमा जेठ १६ गतेपछि समयानुकूल हुने गरी वर्षे बिदा दिने निर्णय गरेको हो ।

वर्षे बिदा पाउने शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई यो वर्षको वर्षे बिदा आफ्नो निकायको अनुकूलता हेरी जेठ १६ गतेपछि बढीमा २० दिनसम्म दिन सकिने जनाएको हो ।

परीक्षा, कक्षा सञ्चालन आदी अवस्थालाई हेरेर वर्षे बिदा सम्बन्धी निर्णय गर्नुपर्ने त्रिविले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस