कोशी प्रदेशले लियो प्रदेश सभा सदस्यलाई ल्यापटप दिने निर्णय फिर्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कोशी प्रदेशले लियो प्रदेश सभा सदस्यलाई ल्यापटप दिने निर्णय फिर्ता


१० जेष्ठ २०८०, बुधबार


काठमाडौँ। प्रदेश सभा सदस्यलाई ल्यापटप वितरण गर्ने निर्णयबाट कोशी प्रदेशसभा सचिवालय पछि हटेको छ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने ठूला तीन दल नेकपा एमाले, काँग्रेस र माओवादी केन्द्रले सचिवालयले बाँड्ने ल्यापटप नलिने घोषणा गरेपछि ल्यापटप खरिद गर्ने निर्णयबाट प्रदेशसभा सचिवालय पछि हटेको हो।

आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रकमान्तर गरेर एक करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि एक साता अघि प्रदेशसभा सचिवालयले एक सय वटा ल्यापटप खरिदका लागि टेण्डर आह्वान गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस