प्रधानमन्त्री र गृहमन्त्रीलाई रवि लामिछानेको प्रश्न : मुटु दरो छ भन्नुहुन्छ, खोइ आँट देखाएको ? « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री र गृहमन्त्रीलाई रवि लामिछानेको प्रश्न : मुटु दरो छ भन्नुहुन्छ, खोइ आँट देखाएको ?


१० जेष्ठ २०८०, बुधबार


काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणले राज्यका सबै अङ्गको विश्वसनीयता समाप्त पारेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

तीन दलका नेताहरुले खुसु/खुसु छलफल गर्दा नै शङ्का उत्पन्न भएको उनले बताए । उनले अब त राज्यका अनुसन्धान निकायदेखि उच्च तहसम्मको विश्वसनीयता नै समाप्त भएको बताए ।

उनले भने, ‘तीन दलका नेताले खुसुरखुसुर गर्दा हामीलाई शङ्का लागिरहेको थियो । आज त राज्यका निकायहरू, अनुसन्धान निकायहरूमै प्रश्न उठिरहेको छ । यो कुनै अँध्यारो कोठामा वा गल्लीमा भएको कुरा पनि होइन । खुलेयाम बालुवाटार र सिंहदरवारमा पैसा बुझेको कुरा आइरहेको छ । ज–जसको नाम आएको छ, उनीहरूको छानबिन समेत गर्न नसक्ने गरी किन डराएको ? प्रधानमन्त्री, गृहमन्त्री मुटु दरो छ भन्नुहुन्छ, खोइ आँट देखाएको? हाम्रो हकमा, नागरिकको हकमा आउँछु भन्दा भन्दै समातिएको छ । न्युज रुमबाट समातिएको व्यक्ति म यहाँ छु । एक पटक छानबिनका लागि, सोधपुछका लागि बोलाउन पनि नसक्ने को हो उहाँहरू ?’

Tags :
प्रतिक्रिया दिनुहोस