नीति निर्माण गर्ने तहमासमेत बिचौलिया हाबी  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नीति निर्माण गर्ने तहमासमेत बिचौलिया हाबी 


९ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । वाग्मती प्रदेश नेपाली काँग्रेसका प्रमुख सचेतक कुन्दनराज काफ्लेले नीति निर्माण गर्ने तहमा समेत बिचौलियाहरू हाबी भएको बताएका छन् ।

मङ्गलवारको प्रदेश सभाको बैठकमा बोल्दै उनले यसमा खबरदारी गर्न सबै एकजुट हुनुपर्ने बताए ।

“भ्रष्टाचारका कुरा सबैतिर सुनिन्छ । तीन तह नै भ्रष्टाचारमा लिप्त भएको ठाउँ–ठाउँमा सुनिन्छ । वाग्मती प्रदेशको मात्र होइन सबैतिर बिचौलियाको ठूलो हाबी भएको र त्यही कारणले सरकारका नीति तथा कार्यक्रमहरू प्रभावकारी हुन नसकेको कुरा पनि सुनिन्छ । म सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु । यसमा ठोस नीति निर्माण तयार पार्नुपर्दछ,” काफ्लेले भने ।

त्यस्ता बिचौलियाहरूलाई जसले नीति निर्माणका कामहरूमा अवरोध सिर्जना गर्ने चाहे जुनै तत्त्वहरू किन नहोस् तिनीहरूलाई खबरदारी गर्नुपर्ने उनको भनाइ छ ।

सांसद काफ्लेले सरकारले नराम्रो काम गर्दा सांसदहरूले खबरदारी गर्नुपर्नेमा जोड दिए । आफ्नै दलको नेतृत्व भए पनि सरकारले गरेका नराम्रा काममा ताली पिट्ने भन्दा खबरदारी गरेर सङ्घीयतालाई थप विश्वसनीय बनाउने जोड दिए ।

देश सङ्घीयतामा गए पनि प्रदेशहरू अझै केन्द्रकै भर पर्नुपर्ने अवस्था आएको बताउँदै त्यसको अन्त्य गर्दै प्रदेशले आफ्नो क्षमता प्रस्तुत गर्नुपर्ने दिन आएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस