लघुवित्तका कर्मचारीमाथि कुटपिट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लघुवित्तका कर्मचारीमाथि कुटपिट


९ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । सङ्खुवासभा सदरमुकाम खाँदवारिमा लघुवित्तका एक कर्मचारीमाथि कुटपिट भएको छ। एनएमबी लघुवित्त बैंक तुम्लिङटार शाखामा कार्यरत दिलबहादुर तिवारीलाई कुटपिट गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । 

लघुवित्तका कर्मचारी तिवारीमाथि मङ्गलवार दिउँसो खाँदबारी नगरपालिका-१ स्थित टुँडिखेलमा कुटपिट भएको हो।

लघुवित्तका कर्मचारी कुटपिट गरेको आरोपमा खाँदबारी-१ पाठकधाराका रामकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । स्थानीय श्रेष्ठले लघुवित्तका कर्मचारी तिवारीलाई किस्ता लिन बोलाएर हेलमेटले कुटेको जनाएको छ । 

कुटपिटबाट गम्भीर घाइते भएका तिवारीको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस