मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, सरकारबाट बाहिरिने तयारीमा माओवादी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, सरकारबाट बाहिरिने तयारीमा माओवादी


९ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । मधेस प्रदेशमा काँग्रेस र एकीकृत समाजवादीका मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । तर माओवादी केन्द्र र लोसपाले असन्तुष्टि जनाएका छन्। 

नेपाली काँग्रेसका कृष्णप्रसाद यादव र वीरेन्द्रप्रसाद सिंह तथा नेकपा (एकीकृत समाजवादी)का गोविन्दबहादुर न्यौपानेलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मङ्गलवार पद तथा गोपनीयताको शपथ गराएका हुन्।

यादवले भौतिक पूर्वाधार विकास, सिंहले स्वास्थ्य तथा जनसङ्ख्या र न्यौपानेले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका हुन्।

सत्ता गठबन्धनमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने मन्त्रीहरूको नाम पठाएको छैन। लोसपा संसदीय दलका नेता अभिराम शर्माले मुख्यमन्त्रीले आफूहरूलाई सम्मानजनक रूपमा सरकारमा सहभागी हुने वातावरण नबनाएको बताए।

नेकपा (माओवादी केन्द्र)ले समेत मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाएको छ। माओवादी केन्द्रले मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ।

मधेस प्रदेशले पर्यटन, वन तथा वातावरण मन्त्री सुनिता यादव र राज्यमन्त्री रहबर अन्सारीलाई फिर्ता बोलाउने माओवादी केन्द्र संसदीय दलले निर्णय गरेको हो।

मधेस प्रदेश सरकारमा जनमत पार्टीका तर्फबाट सरकारमा सामेल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुसवाहालाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ। यसप्रति जनमतले पनि आफ्नो असन्तुष्टि जनाएको छ। 

तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका मुख्यमन्त्री सरोजकुमार यादवले केही मन्त्रीको विभाग पछि तोकिने गरी शपथ ग्रहण गराएको बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस