अलङ्कार-पदकबाट नेपाली सेनाका अधिकृत विभूषित  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अलङ्कार-पदकबाट नेपाली सेनाका अधिकृत विभूषित 


९ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । संविधान दिवसको अवसरमा असोज ०३ गते घोषणा भएको विभूषण (अलङ्कार–पदक) बाट नेपाली सेनाका सम्बन्धित अधिकृत, पदिक तथा अन्य दर्जा विभूषित भएका छन् ।

आज जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापति महारथी प्रभुराम शर्माले संविधान दिवस २०७९ मा घोषित अलङ्कार र पदक प्राप्त गर्ने मध्ये अधिकृत २१, पदिक ६ र अन्यदर्जा १२ गरी जम्मा ३९ जनालाई अलङ्कार र पदकद्वारा सुशोभन गरेका हुन् । 

गत असोज ३ गते संविधान दिवसको अवसरमा नेपाली सेनाका २७ जनाले विभिन्न मानपदवी, २७ जनाले अलङ्कार र २९ जनाले पदक प्राप्त गरेका थिए । मानपदवी प्राप्त गर्ने सकलदर्जा गत वैशाख ०१ गते राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा सम्माननीय राष्ट्रपतिबाट विभूषित भैसकेका छन् 

कार्यक्रममा बलाधिकृत रथी सरोज प्रताप राणा, बलाध्यक्ष रथी सिताराम खड्का लगायत रथीबृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस