जेठमा ठूलो बजेट ल्याउने, माघमा साइजमा लैजाने प्रवृत्ति हटाउनुपर्छ : स्वर्णिम वाग्ले « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जेठमा ठूलो बजेट ल्याउने, माघमा साइजमा लैजाने प्रवृत्ति हटाउनुपर्छ : स्वर्णिम वाग्ले


९ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले यथार्थपरक बजेट ल्याउन सरकारलाई आह्वान गरेका छन्।

मङ्गलवार नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद वाग्लेले जेठमा ठूलो बजेट ल्याउने र माघमा साइजमा लैजाने प्रवृत्ति हटाउनुपर्ने बताए ।

सरकारले नचाहेसम्म नीति तथा कार्यक्रमको कमा र फुल स्टपसम्म परिवर्तन नहुने भएकाले सुझाव दिने काम मात्र हुने उनको भनाइ छ ।

रास्वपाले रचनात्मक सुझाव दिने बताउँदै वाग्लेले नीति तथा कार्यक्रम परम्परा धान्नलाई ल्याइएको दस्ताबेज भएकोसमेत बताए। नीति तथा कार्यक्रममा उत्ताउलोपन देखाउनु नपर्ने उनको भनाइ छ ।

वाग्लेले आगामी दिनमा पूर्वाधारको मोडल परिवर्तन गर्नु आवश्यक रहेको बताए। ‘पूर्वाधारको मोडल परिवर्तन गर्नुपर्छ। नयाँ शिराबाट बहस गर्नुपर्छ,’ सांसद वाग्लेले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस