उपप्राध्यापकलाई ५ दिन थुनामा राख्न अनुमति « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उपप्राध्यापकलाई ५ दिन थुनामा राख्न अनुमति


८ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका देउखुरी बहुमुखी क्याम्पसका उपप्राध्यापक शेषमणि गौतमलाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। 

५५ वर्षीय पूर्व क्याम्पस प्रमुखसमेत रहेका गौतमले आइतबार दिउँसो जागिरको प्रलोभनमा पारी एक छात्रामाथि बलात्कार गरेको आरोप लागेको थियो। 

लमही नगरपालिका वडा नं. ५ स्थित रातोडाँडामा विगत दुई वर्षदेखि कोठा भाडामा बसेर लमही-३ वनगाउँको एक टेक्निकल कलेजमा पढ्दै आएकी छात्रालाई घरमै बोलाएर क्याम्पस सञ्चालक समितिका कोषाध्यक्षसमेत रहेका गौतमले बलात्कार गरेको पीडितले किटानी जाहेरी दिएकी थिइन्। 

आइतबार नै पीडित छात्रा वडा प्रहरी कार्यालय लमहीमा पुगेर गौतमविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। जाहेरीपछि प्रहरीले लमही-५ रातोडाँडास्थित गौतमको घरबाटै उनलाई राति नियन्त्रणमा लिएको थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस