स्थानीय वन ऐन निर्माणको माग गर्दै सरोकारवालाले बुझाए ज्ञापनपत्र « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

स्थानीय वन ऐन निर्माणको माग गर्दै सरोकारवालाले बुझाए ज्ञापनपत्र


८ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा स्थानीय वन ऐन निर्माणको माग गर्दै सरोकारवालाले ज्ञापनपत्र बुझाएका छन्।

सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल आदिवासी जनजाति महासङ्घ, ग्रीन फाउन्डेसनलगायतको टोलीले सोमबार नगर प्रमुख विष्णु भुसाललाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा स्थानीय सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने वन क्षेत्रका लागि सुझावहरूसमेत पेस गरिएको छ।

समृद्धिका लागि वनको दिगो व्यवस्थापन, कोभिडबाट प्रभावित स्थानीय समुदायको उत्थान, स्थानीय समुदाय, आदिवासी जनजातिहरूको हकहितलाई सुनिश्चित गर्ने गरी स्थानीय वन नीति, कानुन निर्माण र समयानुकूल परिमार्जन गर्न सुझाव दिइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस