सशस्त्र प्रहरी निरीक्षक खड्काको तीन वर्ष बढुवा रोक्का  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सशस्त्र प्रहरी निरीक्षक खड्काको तीन वर्ष बढुवा रोक्का 


८ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । सशस्त्र प्रहरी निरीक्षकलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले कारबाही गरेको छ। 

आचरण विपरीत काम गर्ने सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्कालाई तीन वर्ष बढुवा रोक्का गरिएको प्रवक्ता राजेन्द्र खड्काले जानकारी दिए । 

सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण  रौतहटमा कार्यरत उनलाई सशस्त्र प्रहरी नियमावली २०७२ को परिच्छेद १३को नियम ११२ को उपनियम (१) को खण्ड (ख) अनुसारको कसुरमा ऐ. नियमावलीको नियम ११५ को उपनियम (१) को देहाय (६) (ख) ले दिएको अधिकार प्रयोग गरी ऐ. नियमावलीको नियम ११० को खण्ड (क) (५) बमोजिम कारबाही गरिएको हो।

उनलाई २०८० जेठ ८ गतेदेखि लागू हुने गरी ३ (तीन) वर्ष बढुवा रोक्काको कारबाही गरिएको खड्काले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस