नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो


८ जेष्ठ २०८०, सोमबार


चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका-६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको हो ।

सडक विभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस