भरतपुर महानगरको झण्डा सगरमाथामा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भरतपुर महानगरको झण्डा सगरमाथामा


८ जेष्ठ २०८०, सोमबार


चितवन । भरतपुर महानगरपालिकाको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ । गाइड नरेन ठकुरी र सहायक चेतन भोटेले महानगरको झण्डा सगरमाथामा फहराएका हुन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको विकास र समृद्धिको अभियानलाई सफल बनाउन सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिकाको झण्डा फहराइएको बताइन् ।

देशका पालिकाहरूमा सबै सूचकहरूमा अग्रणी रहेको महानगरपालिकाको झण्डालाई सर्वोच्च शिखरमा फहराएर विश्वभर विकासको सन्देश प्रवाह गरेको उनको भनाइ छ । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउँदै छ ।

यी गतिविधि महानगरको पर्यटन प्रर्द्धनका लागि समेत सहयोगी हुने उनको भनाइ छ । देशकै मध्यभागमा रहेको भरतपुर महानगर पर्यटकीय गन्तव्यका रूपमा परिचित छ ।

सगरमाथामा महानगरको झण्डा फहर्‍याउने यस अभियानको संयोजन गरेको महानगरका विज्ञ प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले सगरमाथा पुगेको टोली झण्डा गाडेर काठमाडौँ फर्किएको बताए । टोलीलाई महानगरपालिकाले बिदाईगरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस