नासु कर्ण र खरिदार साहलाई धरौटीमा छोड्न आदेश « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नासु कर्ण र खरिदार साहलाई धरौटीमा छोड्न आदेश


७ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । जिल्ला अदालत सप्तरीले नायब सुब्बा सुशील कर्ण र खरिदार सञ्जीवकुमार साहलाई धरौटी छाड्न आदेश दिएको छ । 

गैर नेपालीलाई नागरिकता दिने कार्यमा सघाएको अभियोग लागेका जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत नायब सुब्बा कर्ण र खरिदार साह जनही २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेले जानकारी दिए  । 

पोखरेलका अनुसार थुनछेक बहसपछि न्यायाधीश हरिशचन्द्र इङनामको इजलासले यो आदेश दिएका हो । दुवैजना आइतबार जिल्ला अदालत सप्तरीमा आफैँ हाजिर भएका थिए।

अदालतले यस अघि बुधबार २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृतसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

सम्बन्धित समाचार : प्रशासकीय अधिकृतलाई धरौटीमा छोड्न अदालतको आदेश

यसअघि यस मुद्दामा प्रतिवादी बनाइएका राजविराज नगरपालिका-११ का वडाध्यक्ष उदितनारायण यादव एक लाख रुपैयाँ र स्थानीय राधेश्याम यादव २५ हजार रुपैयाँ धरौटीमा बिहीबार रिहा भएका थिए। नागरिकता लिएका सतिश र बुबा दाबी गरिएका सूर्यनारायण जनही एक-एक लाख धरौटीमा जेठ १ गते रिहा भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस