किसानलाई अधिकृत स्तरको ‘पेन्सन’ दिन माग « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

किसानलाई अधिकृत स्तरको ‘पेन्सन’ दिन माग


७ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले किसानलाई अधिकृत स्तरको ‘पेन्सन’ दिन माग गरेका छन् । 

आगामी आर्थिक वर्षका लागि सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव पेस गर्दै उनले जनमुखी कार्यक्रम ल्याउन आग्रह गर्दै ६० वर्ष उमेर नाघेका किसानहरूलाई निजामती सेवाको अधिकृत सरहको पेन्सन दिने व्यवस्था नीति तथा कार्यक्रममा राख्नुपर्नेमा समेत सुवालले जोड दिएका हुन्

सांसद सुवालले कर्णाली र तराईका गरिब जनताको उत्थानका लागि विशेष कार्यक्रम गर्न जरुरी रहेको, काठमाडौँ उपत्यकामा पुरानो बस्तीको घर पुनर्निर्माण गर्न सहुलियत ब्याजदरको ऋण र अनुदान रकम बढाएर उपलब्ध गराउन जोड दिए । यस्तै सम्पदा क्षेत्रलाई संरक्षण गर्ने विषयलाई पनि प्राथमिकता दिनुपर्ने उनले बताए । 

उनले हेवि इक्वीपमेन्ट विभाग र पूर्वाधार विकास कम्पनी मार्फत विकास निर्माणको काम अघि बढाउनुपर्ने र ‘क’ र ‘ख’ वर्गका ठेकेदारको अनुमति पत्र तत्काल खारेज गर्नुपर्ने व्यवस्था गर्नुपर्ने बताए ।  

Tags :
प्रतिक्रिया दिनुहोस