टिआरसी विधेयक संसद्‌को चालु अधिवेशनबाटै पारित गर्ने तयारी  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

टिआरसी विधेयक संसद्‌को चालु अधिवेशनबाटै पारित गर्ने तयारी 


७ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई संसद्‌को चालु अधिवेशनबाटै पास गर्ने बताएका छन्।

आइतबार काठमाडौँमा १४ औँ राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

बेपत्ता पारिएका व्यक्तिहरूको सवाल, सत्यनिरुपणको सवाल, मेलमिलापको सवाललगायतका संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय र विधेयक चाँडोभन्दा चाँडो निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

उनले चालु अधिवेशनबाट नै यससँग सम्बन्धित विषयहरू सधैँका लागि निष्कर्षमा पुर्‍याइने बताए। प्रमुख सचेतक लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बारेमा कानुन तथा मानवअधिकार समितिले बनाएको ११ सदस्यीय उपसमितिमा छलफल सुरु हुने बताए।

उनले भने, ‘अहिले यो विधेयक संसदमा दर्ता भएको छ। संसदबाट हामीले समितिमा पठाएका छौँ। समितिबाट पनि उपसमिति बनाएर छलफलका लागि पठाइसकेका छौँ। यो विधेयकलाई हामीले ११ सदस्यीय उपसमिति बनाएर पनि पठाइसकेका छौँ। हामी भोलिबाट नै यो विधेयकमा छलफल गर्नेछौँ।

Tags :
प्रतिक्रिया दिनुहोस