सत्तापक्षकासहित  २० जना सांसदद्वारा सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सत्तापक्षकासहित  २० जना सांसदद्वारा सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता 


७ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । सरकारको आउँदो आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि २० जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

नीति तथा कार्यक्रमका विभिन्न बुँदामा २० जना सांसदबाट संशोधन प्रस्तावसहितको सूचना दर्ता भएको सभामुख देवराज घिमिरेले आज आइतबारको बैठकमार्फत संसद्लाई जानकारी गराएका छन् ।  

नीति तथा कार्यक्रममा सत्तारूढ दल नेपाली काँग्रेसबाट सांसद श्यामकुमार घिमिरे र दिलेन्द्रप्रसाद बडुले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट एकनाथ ढकाल, वासुदेव घिमिरे, सूर्यबहादुर थापा क्षेत्री, नारायणप्रसाद आचार्य, जुलीकुमारी महतो (महासेठ), भगवती चौधरी, ज्वालाकुमारी साह, दयालबहादुर शाही, दामोदर पौडेल वैरागी, महेशकुमार बर्तौला र सूर्यप्रसाद ढकालले संशोधन प्रस्ताव राखेका छन् । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट चन्दा कार्की भण्डारी, सोबिता गौतम र सुमना श्रेष्ठले संशोधन प्रस्ताव दर्ता गरेका छन् । 

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीबाट सांसद प्रेम सुवाल, नागरिक उन्मुक्ति पार्टीबाट गङ्गाराम चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीबाट रामप्रकाश चौधरीले नीति तथा कार्यक्रमका विभिन्न बुँदामाथि संशोधन प्रस्ताव दर्ता गरेका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस