रास्वपा र स्वतन्त्रहरू प्रति लक्षित गर्दै एमाले महासचिवले भने : पपुलिष्ट पोलिटिष्कले निकास दिन सक्दैनन् « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

रास्वपा र स्वतन्त्रहरू प्रति लक्षित गर्दै एमाले महासचिवले भने : पपुलिष्ट पोलिटिष्कले निकास दिन सक्दैनन्


७ जेष्ठ २०८०, आइतबार


दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले ‘पपुलिष्ट पोलिटिष्क’ मुलुकलाई नफाप्ने बताएका छन् ।

प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वैकल्पिक राजनीतिक शक्तिका रूपमा आएका रास्वपा र स्वतन्त्रहरू प्रति लक्षित गर्दै मुलुकमा देखिएको समस्या र सङ्कटलाई पपुलिष्ट पोलिटिष्कले निकास दिन नसक्ने बताएका हुन् ।

उनले भने, ‘समाजको कुनै क्षेत्रमा चर्चा हासिल गर्ने र राजनीतिमा आउने अहिले जुन होडबाजी चलिरहेको छ, यसले मुलुकमा उत्पन्न समस्याको समाधान गर्न सक्दैन ।’

यसको उदाहरण उनले बलिउडका अभिनेता अमिताभ बच्चनलाई राजनीति नफापेको भन्ने दिए । उनले भने, ‘कुनै समय बलिउडका बादशाह अमिताभ बच्चन पनि चुनाव जितेर राजनीतिमा आएका थिए । तर राजनीति त्यसरी चल्दो रहेनछ भनेर बुझेपछि उनी फेरि कलाकारितामै फर्किए । त्यो यर्थाथलाई हामी सबैले बुझ्न जरुरी छ । कलाकारलाई राष्ट्रपति बनाउँदाको पीडा के हुन्छ भन्ने कुरा युक्रेनका नागरिकलाई भोगिरहेका छन् । त्यस कारण नेपाली जनताले पनि पपुलिष्ट पोलिटष्कबाट जनताको समस्या समाधान हुँदैन भन्ने कुरा बुझ्न जरुरी छ । राजनीतिको विकल्प भनेकै राजनीतिक विचार धारामा उभिएका दलहरू नै हुन् । समाजलाई बदल्ने हो भने नीतिगत नेतृत्वका आवश्यकता पर्दछ । र, त्यो नीतिगत नेतृत्व गर्ने सामर्थ्य नेकपा एमालेले मात्र राख्न सक्दछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस