‘नयाँ रेकर्ड बनाउने गरी भारत भ्रमणको तयारी भइरहेको छ’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘नयाँ रेकर्ड बनाउने गरी भारत भ्रमणको तयारी भइरहेको छ’


६ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै हुन लागेको भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने गरी काम हुने दाबी गरेका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घको आठौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको शपथग्रहण समारोहलाई शनिबार सम्बोधन गर्दै प्रचण्डले नयाँ रेकर्ड बनाउने गरी भारत भ्रमणको तयारी भइरहेको बताएका हुन् ।

उनले भने, ‘हामीलाई दबाब छ । तर जनताको साथ छ । सरकारको काममा जनताको उत्साह देखिएको छ।’ युद्धको बेला पनि घेराबन्दी र सखाप पार्ने रणनीति चिरेरै आएका हौं । अहिले पनि घेराबन्दी चिरेर अगाडि बढ्छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस