विद्युत् प्राधिकरणका कर्मचारीको गाडी सुविधा र भत्ताको खर्च कटौती गर्ने निर्णय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विद्युत् प्राधिकरणका कर्मचारीको गाडी सुविधा र भत्ताको खर्च कटौती गर्ने निर्णय


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्ना चालु खर्चहरू कटौती गर्ने भएको छ ।

कार्यकारी निर्देशक कुलमान घिसिङले परिपत्र जारी गर्दै मुलुकको अर्थतन्त्रमा आएको शिथिलतासँगै प्राधिकरणमा समेत विविध शीर्षकहरूमा हुने खर्च कटौती नियन्त्रण गर्नुपर्ने देखिएको उल्लेख गरेका छन् ।

प्राधिकरणले प्रधान कार्यालय परिसरभित्र रहेका सबै कार्यालयहरू, निर्देशनालय र विभागमा विविध शीर्षकहरूमा हुने खर्च कटौती गर्न विभिन्न निर्णय गरेको छ ।

प्राधिकरणले कार्यकारी निर्देशकको स्वीकृतिबेगर सार्वजनिक बिदाको दिन गाडी प्रयोग गर्नसमेत प्रतिबन्ध लगाएको उक्त परिपत्रमा उल्लेख गरिएको छ ।

तह १० र त्यस भन्दामाथिका पदाधिकारी एवम् कार्यालय प्रमुख आयोजना प्रमुखलाई अतिरिक्त समय भत्ता र खाजा खर्च पनि नदिनेसमेत प्राधिकरणले निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस