जुम्ला प्रशासनमा जनशक्ति अभाव « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जुम्ला प्रशासनमा जनशक्ति अभाव


४ जेष्ठ २०८०, बिहिबार


कर्णाली । जिल्ला प्रशासन कार्यालय जुम्लामा जनशक्तिको अभाव भएको छ । जनशक्ति अभावका कारण प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेलाई अधिकृतस्तरका तीन कर्मचारीको कामसमेत एक्लैले गर्नुपरेको छ ।

विसं २०७९ चैत २२ गते जुम्लामा हाजिर भएका प्रमुख जिल्ला अधिकारी घिमिरे हिमाली जिल्ला जुम्लाको पहिलो राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारी छन् । प्रजिअ घिमिरे हाजिर भएयता उनी मातहतका न उपसचिव छन् न दुई अधिकृत कर्मचारी । चार जना अधिकृतस्तरको दरबन्दी भएको जिल्ला प्रशासन कार्यालय जुम्लामा सबैको काम आफैँले सम्हाल्नुपरेको प्रजिअ घिमिरेले बताए ।

‘धेरै पटक गृहमा कर्मचारी पठाउन अनुरोध गरेको छु’, उनले भने, ‘तर अहिलेसम्म कोही पनि पठाउने काम भएको छैन । यसले गर्दा प्रशासनका दैनिक काम प्रभावित भएका छन् र यसले सेवाग्राहीलाई समस्या भएको छ ।’नागरिकता दिनेदेखि जनताका प्रत्यक्ष सरोकारका काममा एक्लैले जोतिनुपरेको उनले बताए ।

प्रजिअ घिमिरेका अनुसार नीतिगत तहदेखि जनस्तरसम्मका काम गर्नुपर्दा निकै भार भएको छ । गृहले जतिसक्दो एक जना भए पनि अधिकृतस्तरका कर्मचारी जुम्ला पठाइदिए सेवाग्राहीलाई सेवा दिन सहज हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस