क्षतिपूर्ति माग गर्दै दायर गरिएको रिटमा अदालतले माग्यो बिल भर्पाई « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

क्षतिपूर्ति माग गर्दै दायर गरिएको रिटमा अदालतले माग्यो बिल भर्पाई


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको विरुद्धको बलात्कार मुद्दामा अन्तरिम क्षतिपूर्ति माग गर्दै दायर गरिएको रिटमा काठमाडौँ जिल्ला अदालतले पीडित पक्षसँग बिल भर्पाई माग गरेको छ।

गत २४ वैशाखमा तय भएको अन्तिम पेसी जाहेरी पक्षले अन्तरिम क्षतिपूर्ति माग गर्दै अर्को निवेदन हालेपछि स्थगित गरिएको थियो। पीडित गौशाला २६ ले अन्तरिम क्षतिपूर्ति दिलाई भराई पाऊँ भन्दै ४ वैशाखमा जिल्ला अदालत काठमाडौँमा निवेदन दर्ता गरेका थिए। त्यसपछि अन्तिम पेशी स्थगित भएको थियो।

न्यायाधिस शंकरबहादुर राइको इजालासले भनेको छ ‘४ वैशाखमा दिएको निवेदनको व्योहोराबाट निवेदकले मानसिक तथा शारीरिक स्वास्थ्य उपचार बापत खर्च माग गरेको देखिँदा निवेदकले स्वास्थ्य उपचार गराएको उपचार सम्बन्धी कागजातहरू निवेदकबाट पेस गर्न लगाई नियमानुसार गर्नु।’

मुद्दाको अन्तिम सुनुवाइका लागि २४ वैशाखमा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी परेको थियो। तर, मुख्य मुद्दाको ठाउँमा क्षतिपूर्तिको निवेदन प्राथमिकतामा परेपछि उक्त पूरक निवेदकको सुनुवाइ भएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस