न्याम्सको उपकुलपतिमा डा. बस्नेत नियुक्त « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

न्याम्सको उपकुलपतिमा डा. बस्नेत नियुक्त


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा डा. भूपेन्द्रकुमार बस्नेत नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधबार बस्नेतलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

डा. डीएन शाहको चारवर्षे कार्यकाल ०७९ फागुन ३० गते सकिएसँगै न्याम्समा उपकुलपतिको पद रिक्त थियो ।

यसअघि दुईपटक वीर अस्पतालको निर्देशकको जिम्मेवारी सम्हालिसकेका डा. बस्नेतलाई सोही रिक्त पदमा नियुक्त गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस