शरणार्थी प्रकरणलाई प्रमाणका आधारमा टुङ्ग्याउने गृहमन्त्रीको प्रतिबद्धता  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शरणार्थी प्रकरणलाई प्रमाणका आधारमा टुङ्ग्याउने गृहमन्त्रीको प्रतिबद्धता 


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन् । 

बुधबार मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी)का नेताहरूले शरणार्थी प्रकरणको छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै गृहमन्त्रीले दोषीलाई कारबाही हुने बताएका हुन् ।

उनले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा सङ्कलन गरी सम्पत्ति आर्जन गर्ने कुरा सङ्गठित अपराध भएको बताए । यस अपराधमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ । 

उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको र भ्रष्टाचार नियन्त्रण नभएसम्म समृद्धिको लक्ष्य हासिल हुन नसक्ने पनि बताए । उनले कुनै पनि भ्रष्टाचारका प्रकरणहरू निष्पक्ष भएर छानबिन गर्ने र कुनै पनि दबाब तथा प्रभावबाट सरकार प्रभावित नहुने दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस