रवि लामिछानेद्वारा सिइओ माग  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

रवि लामिछानेद्वारा सिइओ माग 


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन कार्यालयका लागि पुनः प्रमुख कार्यकारी अधिकृत (सिइओ) माग मागेका छन् ।

चुनावी प्रतिबद्धता अनुसार विदेशमा बसेर विज्ञता हासिल गरेका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाउनका लागि सिइओ माग गरेको रविले उल्लेख गरेका छन् । जेठ १५ गतेभित्र दरखास्त आह्वान गर्न भनिएको छ ।

यसको सुरुवात गत पुस ८ मै गरेको भएपनि विशेष कारणवश अगाडि बढाउन नसकेको लामिछानेको भनाइ छ ।

‘अब त्यसलाई फेरि सुरु गर्ने बेला आएको छ। विदेशमा रहनुभएका व्यवस्थापनमा दक्खल राख्ने, स्वदेशमा केही गर्न इच्छुक व्यक्तिको हामीलाई खाँचो छ। कार्यकारी अधिकृत सिइओ भएर विकास, सुशासन, व्यवस्थापन लगायतका सम्पूर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुविधासहित नेपाल भित्राउन हामी इच्छुक छौँ ’, आवश्यकताको विज्ञापनमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस