कर्मचारीले पैसा मागेमा प्रमाणसहित खबर गर्नुहोला -बालेन शाह « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

कर्मचारीले पैसा मागेमा प्रमाणसहित खबर गर्नुहोला -बालेन शाह


१ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह(बालेन)ले काठमाडौँ महानगरपालिका अन्तर्गतका कुनै पनि कार्यालयमा भ्रष्टाचारजन्य कार्य भएमा प्रमाणसहित सम्पर्क गर्न अनुरोध गरेका छन्।

साहले सामाजिक सञ्जालमार्फत उक्त अनुरोध गरेका हुन्। उनले महानगरपालिका कार्यालयमा कुनै कर्मचारीले कुनै पनि प्रकरणमा पैसा मागेमा अडिओ र भिडिओसहित प्रमाण पठाउन अनुरोध गरेका छन्। कसैले भ्रष्टाचार गर्‍यो भनेर बिना प्रमाण आरोप लगाउनुभन्दा प्रमाण जुटाउन उनको अनुरोध छ । 

उनले भनेका छन्, ‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौँ, हाम्रो अधिकार क्षेत्र काठमाडौं महानगरपालिका कार्यालयमा कुनै पनि कर्मचारीले कुनै पनि प्रकरणमा पैसा मागेमा प्रमाणसहित हामीलाई सम्पर्क गर्नुहोला भिडिओ-अडियो सहित।’

साथै उनले यस्ता कार्य भएको पाइएमा सर्वसाधारणलाई ह्वास्ट्सएप नम्बर ९८६३५९२०११ मा प्रमाणसहित सम्पर्क गर्न अनुरोध गरेका छन्। 

उक्त मोबाइल नम्बर आफूले मात्र बोक्ने भएका कारण उजुरीकर्ताको नाम गोप्य राखिने बालेनले प्रतिबद्धता जनाएका छन्।  ‘यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउनेको नाम गोप्य राखिनेछ’ उनले भनेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस