प्रधानमन्त्रीले जेठ ४ गते संसद्‍मा प्रश्नोत्तर गर्ने तयारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्रीले जेठ ४ गते संसद्‍मा प्रश्नोत्तर गर्ने तयारी


३१ बैशाख २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ४ गते प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर गर्ने तयारी गरिएको छ ।  आज बसेको कार्यव्यवस्था परामर्श  समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको हो ।

बैठकपछि नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले जेठ ४ गते को बैठकमा प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुने तयारी भएको जानकारी दिए । संसद्भित्र रहेका दलहरूको शक्तिका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समझदारी भएको पनि उनले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस