विपद् पूर्व तयारीको कामलाई व्यवस्थित गर्न गृहमन्त्रीको निर्देशन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विपद् पूर्व तयारीको कामलाई व्यवस्थित गर्न गृहमन्त्रीको निर्देशन


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् पूर्व तयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढङ्गले गर्न निर्देशन दिएका छन् । 

विपद्का घटनालाई शून्य बनाउन नसकिने तर न्यून भने गर्न सकिने भन्दै विपद् पूर्व तयारीको कामलाई व्यवस्थित गर्न निर्देशन दिएको हुन् ।  

गृह मन्त्रालयमा आज विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले त्यसका लागि सबै निकायबीच सामूहिक प्रयासको खाँचो रहेको औँल्याए।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्षसमेत रहेका उनले विपद् जोखिम व्यवस्थापनको तयारीमा कमी भएको गुनासा रहेकाले आवश्यक पूर्व तयारीलाई प्रभावकारी बनाउन सरोकार राख्ने मन्त्रालय र निकायका अधिकारीहरूको ध्यानाकर्षण गराए।

Tags :
प्रतिक्रिया दिनुहोस