महाअभियोगको प्रस्ताव दर्ता लगत्तै निलम्बन गर्न नमिल्ने सर्वोच्चको ठहर (फैसलासहित) « प्रशासन
Logo २५ भाद्र २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

महाअभियोगको प्रस्ताव दर्ता लगत्तै निलम्बन गर्न नमिल्ने सर्वोच्चको ठहर (फैसलासहित)


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । संसदमा महाअभियोगको प्रस्ताव पेस भएलगत्तै निलम्बन गर्न नमिल्ने सर्वोच्च अदालतले ठहर गरेको छ । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावविरुद्ध दर्ता भएको रिटको फैसलामा संवैधानिक इजलासले उक्त ठहर गरेको हो ।

‘संसद (प्रतिनिधिसभा)बाट महाअभियोगको कारबाही प्रारम्भ गर्ने गरी निर्णय गरी संविधानको धारा १०१ को उपधारा ३ बमोजिम गठन भएको महाअभियोग सिफारिस समितिमा पठाउने भनी निर्णय नगरेसम्म कानूनी रूपमा ‘महाअभियोगको कारबाही प्रारम्भ’ भएको मान्न मिल्दैन’, हालै सार्वजनिक भएको पूर्ण पाठमा भनिएको छ ।

सर्वोच्चले प्रतिनिधिसभाका सदस्यहरूले पेस गर्ने प्रस्ताव स्वयंमा संसद्को निर्णय नहुने जनाएको छ । ‘प्रतिनिधिसभाले महाअभियोगसम्बन्धी प्रस्तावको स्वामित्व औपचारिक ग्रहण नगरेसम्म कारबाही प्रारम्भ भएको हुँदैन’, पूर्ण पाठमा उल्लेख छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले यो फैसला गरेको हो ।

तत्कालीन प्रधानन्यायाधीश कार्कीविरुद्ध २०७४ वैशाख १७ गते संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । दर्ता भएलगत्तै संसद सचिवालयले सर्वोच्च अदालतलाई कार्की निलम्बन भएको पत्र पठाएको थियो । महाअभियोगको प्रस्ताव २०७४ जेठ २३ गते फिर्ता भएको थियो । महाअभियोगको कारबाही प्रारम्भ भएपछि सम्बन्धित पदाधिकारीले त्यस्तो कारबाहीको अन्तिम टुङ्गो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न नपाउने संवैधानिक व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस