थप १७ जनामा कोरोना सङ्क्रमण « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

थप १७ जनामा कोरोना सङ्क्रमण


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पाँच सय पाँच जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा २३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ४१ जनामा झरेको छ । सक्रिय सङ्क्रमितमध्ये १४ जना आइसोलेसनमा, पाँच जना आइसियुमा र एक जना भेन्टिलेटरमा उपचाररत रहेका मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ७१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस