उच्च अदालतद्वारा मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

उच्च अदालतद्वारा मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज 


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ । गत वैशाखमा भएको स्थानीय निर्वाचनमा धाँधली भएको भन्दै दर्ता गरिएको रिट खारेज भएको छ । 

ललितपुरको गोदावरी नगरपालिका-३ मा मतगणना गर्दा धाँधली भएको भन्दै उम्मेदवार श्रीराम आचार्य दर्ता गरेको रिट खारेज भएको हो । 

उच्च अदालत पाटनले निर्वाचनसम्बन्धी पुनः मतगणनाको मुद्दा बिना आधार, बिना प्रमाण दर्ता भएको र पुष्टि हुन नसक्ने भन्दै बुधबार रिट नै खारेज गरेको हो । 

उक्त क्षेत्रमा एमालेबाट श्रीराम आचार्य र गठबन्धनबाट माओवादी केन्द्रका राज घिमिरे उम्मेदवार थिए । घिमिरे निर्वाचित भएलगत्तै मतगणनामा धाँधली भएको भन्दै आचार्य अदालत पुगेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस