तास खेल्ने नगर प्रहरीलाई महानगरले सोध्यो स्पष्टीकरण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तास खेल्ने नगर प्रहरीलाई महानगरले सोध्यो स्पष्टीकरण


२१ बैशाख २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कार्यालय समयमा जुवा खेल्ने तीन नगर प्रहरीलाई स्पष्टीकरण सोधेको छ।

बुधबार दिउँसो टेकुस्थित नगर प्रहरी बल कार्यालयमा तीन जना नगर प्रहरी तास खेलिरहेको अवस्थामा फेला परेका थिए। 

तास खेलिरहेको तस्बिर सार्वजनिक भएसँगै उनीहरूलाई स्पष्टीकरण सोधिएको महानगर स्रोतले जनाएको छ।

स्रोतका अनुसार उनीहरूको स्पष्टीकरणका आधारमा निलम्बन गर्ने–नगर्ने निर्णय लिने बताइएको छ।

नगर प्रहरी निरीक्षक निरकुमार बस्नेत, हवल्दार प्रयास घिमिरे र जवान रुपेश बानियाँ तास खेलिरहेको अवस्थामा भेटिएका थिए। हवल्दार प्रयास घिमिरे उपमेयर सुनिता डङ्गोलका पूर्व पिएसओ हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस