नवनियुक्त ३ मन्त्रीद्वारा शपथ ग्रहण  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

नवनियुक्त ३ मन्त्रीद्वारा शपथ ग्रहण 


२१ बैशाख २०८०, बिहिबार


काठमाडौँ । नवनियुक्त ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्  ।

आज (बिहीबार) उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा शपथ गराएका हुन् ।

नेपाली काँग्रेसबाट धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बु बुधबार मन्त्री नियुक्त भएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए । यसअघि कानुन मन्त्रालयको जिम्मेवारी रक्षा मन्त्रीसमेत रहेका पूर्णबहादुर खड्काले सम्हालेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस