प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता  « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता 


२१ बैशाख २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच सिंहदरवारमा भएको भेटमा संवैधानिक परिषद्को बैठक, समसामयिक राजनीति लगायतका विषयमा कुराकानी भएको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए ।

उनका अनुसार भेटमा एमाले अध्यक्ष ओलीले सरकारले स्थानीय तहको बजेट कटौती गरेकामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । सरकारले स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान ५० प्रतिशतले कटौती गरेको थियो ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिले ओलीसमक्ष यस विषयमा गुनासो गरेपछि उनले प्रधानमन्त्रीलाई बजेट कटौती नगर्न आग्रह गरेका बज्राचार्यले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस