प्रधानमन्त्री ‘प्रचण्ड’ शीतल निवासमा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’ शीतल निवासमा


२१ बैशाख २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रचण्ड शीतल निवास पुगेका हुन् । नयाँ दिल्लीबाट उपचार गरेर आएपछि प्रधानमन्त्रीले पहिलो पटक भेटका लागि शीतल निवास पुगेका हुन् ।

राष्ट्रपति पौडेल अहिले शीतल निवासमै स्वास्थ्य लाभ गरिरहेका छन् । उनले यसअघि राजनीतिक तथा व्यक्तिगत भेटघाट रोकेका थिए ।

पौडेल यही आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएका थिए । त्यसयता चिकित्सकको सल्लाहअनुसार उनी आराम गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस