सत्तापक्ष पक्षको कर्मचारी आन्दोलन स्थगित र विपक्षीको जारी « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सत्तापक्ष पक्षको कर्मचारी आन्दोलन स्थगित र विपक्षीको जारी


२१ बैशाख २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमाले सम्बद्ध नेपाल निजामती कर्मचारी आन्दोलन जारी रहेको जनाएको छ ।

सङ्घीय निजामती सेवा ऐनमा आफ्ना सुझाव सरकारले नमानेको भन्दै विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका विभिन्न कर्मचारी ट्रेड युनियनहरूमध्ये एमाले निकट सङ्गठनले छुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी रहेका जनाएको हो ।

सत्ता पक्षसँग निकट ट्रेड युनियनहरू क्रमशः नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती), एकीकृत सरकारी कर्मचारी सङ्गठन, नेपाल र नेपाल मधेसी निजामती कर्मचारी सङ्घले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलन स्थगित गरेको जनाएको छ ।

सम्बन्धित समाचार : ट्रेडयुनियकर्मी कर्मचारीहरूको आन्दोलन स्थगित

सुरुमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दा भने सत्ता पक्ष र विपक्षी सम्बद्ध दुवै कर्मचारी ट्रेड युनियनहरूले संयुक्त विज्ञप्ति जारी गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस