क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय


२० बैशाख २०८०, बुधबार


काठमाडौँ । सरकारले एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई प्रोत्साहन स्वरूप जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले क्रिकेट खेलाडीलाई जनही ६ लाख र राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

मङ्गलवार भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई ७ विकेटले हराएको थियो। एसिसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपका लागि छनौट भएको छ। एसिया कपमा नेपालले अब भारत र पाकिस्तानसँग खेल्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस