कानूनविपरित कर्मचारी नियुक्ति गरेर वडाले बाडे ४८ लाख ! « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कानूनविपरित कर्मचारी नियुक्ति गरेर वडाले बाडे ४८ लाख !


१७ बैशाख २०८०, आइतबार


काठमाडौँ । केही स्थानीय तहमा वडाले नै कर्मचारी नियुक्ति गरेको पाइएको छ । वडाले कर्मचारी नियुक्ति गर्ने कानुनी व्यवस्था नभए पनि नियुक्ति गरेर तलब भत्ता वितरण गरेका छन् ।

रौतहटको चन्द्रपुर नगरपालिका अन्तर्गतका वडाले आफैँ ज्यालादारीमा कर्मचारी नियुक्ति गरी तलब भत्ता भुक्तानी गरेको महालेखापरीक्षकको ६० औँ वार्षिक प्रतिवेदन २०७९ मा उल्लेख छ । कर्मचारी नियुक्ति गरी सो को आधारमा तलब भत्ता बापत यो वर्ष रु. ४८ लाख ३० हजार भुक्तानी गरेको कार्य नियमसम्मत नदेखिएको प्रतिवेदनमा औँल्याइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस