शोकमा दमकमा स्थानीय बिदा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शोकमा दमकमा स्थानीय बिदा


१७ बैशाख २०८०, आइतबार


दमक । दमक नगरपालिकाले बेलायती सैनिकका उच्च पदक भिक्टोरिया क्रस (भिसी) बाट सम्मानित दमकका स्व. रामबहादुर बेघा लिम्बूको शोकमा आज स्थानीय बिदा दिएको छ ।

नगर कार्यपालिकाको आज बसेको बैठकले उनको शोकमा एक दिनका लागि स्थानीय बिदा दिइएको कार्यवाहक नगर प्रमुख भीमप्रसाद पौडेलले बताए ।

शोकमा नगरपालिकाको कार्यालयसहित वडा कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था बन्द रहने उल्लेख छ । गत चैत ९ गते काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा भिसी बेघाको ८७ंं वर्षको उमेरमा निधन भएको थियो ।

दमक-८ का बासिन्दा बेघा एक वर्षदेखि मिर्गौला र मुटु रोगका कारण अस्वस्थ्य रहँदै आएका थिए ।

उनको पार्थिव शरीर दमक ल्याई दमक-६ स्थित उनकै आफ्नो निजी किरात माङहिमको जग्गामा किरात धर्म संस्कृति अनुसार अन्तिम अन्त्येष्टि गरिएको अनेरी क्याप्टेन रामबहादुर बेघा लिम्बू (भिसी) एमभिओ।प्रतिष्ठानका अध्यक्ष मोहन थेवेले बताए । सन् १९६६ मा क्याप्टेन लिम्बूले भिसी सम्मान पाएका थिए । तेह गोर्खाली भीसीमा उनी मात्र जीवित थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस