राजेन्द्र लिङ्देनको प्रश्न : पूर्वलडाकुलाई पैसा बाँड्न सक्ने सरकारले महावीरको माग किन सुन्दैन ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राजेन्द्र लिङ्देनको प्रश्न : पूर्वलडाकुलाई पैसा बाँड्न सक्ने सरकारले महावीरको माग किन सुन्दैन ?


१७ बैशाख २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ऐक्यबद्धता जनाएका छन् । अध्यक्ष लिङ्देन आइतबार माइतीघरै पुगेर पुनको आन्दोलनमा समर्थन जनाएका हुन्।

यो व्यक्ति र क्षेत्रको कुरा नभएर अनुसन्धान, नवप्रवर्धन र आविष्कार प्रवर्द्धनको विषयमा सरकार गम्भीर बन्नुपर्ने अध्यक्ष लिङ्देनको भनाइ छ ।

उनले भने, ‘उहाँहरूले उठाएको कुरामा सरकारले सम्बोधन गर्नुपर्छ। तर, उहाँ जस्तो मान्छे सडकमा आएर धर्ना बस्न बाध्य बनाएको छ। सरकारले माग पुरा नगरेसम्म हाम्रो साथ रहन्छ। यो कुनै तर्कबाट टाल्नुपर्ने होइन।’

प्रधानमन्त्रीले आएर पुनसँग तत्काल सम्झौता गर्नुपर्ने उनले बताए । संसदबाट कानुन बनाएर भए पनि पुनको माग सम्बोधन गर्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘पूर्व लडाकु र स्वास्थ्य उपचारको लागि करोडौँ पैसा बाँड्न सक्नेले आविष्कारको लागि किन खर्च गर्न सक्दैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस