अयोग्य लडाकुलाई पैसा नभई रोजगारी दिनुपर्नेमा कोइरालाको जोड « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अयोग्य लडाकुलाई पैसा नभई रोजगारी दिनुपर्नेमा कोइरालाको जोड


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अयोग्य लडाकुका नाममा राज्यले पैसा बाँड्न नहुने बताएका छन्।

शुक्रवार विराटनगरमा विराटनगर महानगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । 

उनले राज्य कोषबाट करोडौँ रुपैयाँ बाँड्नुको साटो रोजगारी दिनुपर्ने धारणा राखेका छन् । नेता कोइरालाले नेपाली काँग्रेसलाई सुधार गर्न सबै नेताहरू तत्कालै लाग्नुपर्ने आवश्यकता रहेको बताए ।उनले जनतासँग कसरी जोडिने भन्ने विषयमा ध्यान दिनुपर्ने र जनताको सुख दुःखमा साथ नदिई सत्तामै रमाइरहने प्रवृत्ति अन्त्य गर्नुपर्ने धारणा राखे ।

Tags :
प्रतिक्रिया दिनुहोस