सामुदायिक विद्यालयलाई ‘टाई’ अनिवार्य नगर्न निर्देशन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सामुदायिक विद्यालयलाई ‘टाई’ अनिवार्य नगर्न निर्देशन


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई ‘टाई’ अनिवार्य नगर्न निर्देशन दिएको छ ।

महानगरपालिकाले बिहीबार सामुदायिक विद्यालयहरूलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । 

महानगरपालिकाको शिक्षा समितिले गत २८ चैतमा निर्णय अनुसार विद्यालयहरूलाई बिहीबार परिपत्र गरिएको महानगरले जनाएको छ ।

महानगर शिक्षा विभागका शिक्षा अधिकृत मोतीराज खनालका अनुसार टाई लगाउँदा बालबालिकाहरूलाई असहज महसुस हुने, स्वतन्त्र रूपमा हिँडडुलको महसुस गर्न नपाउने लगायतका गुनासो अभिभावकबाट आएपछि यस्तो निर्णय गरिएको जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस