नसच्चिए अब काँग्रेसलाई गाह्रै पर्ला : प्रकाशमान सिंह « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

नसच्चिए अब काँग्रेसलाई गाह्रै पर्ला : प्रकाशमान सिंह


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बेलैमा कमीकमजोरी सच्चाएर जानुको विकल्प नभएको बताएका छन् ।

नेपाली काँग्रेस काठमाडौँ जिल्लाको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उपचुनावले जनताको चासो प्रस्ट भएको भन्दै जनताले अपेक्षा गरेअनुरूप काम गर्ने नसकेकाले जनतामा असन्तुष्टि बढेको बताए ।

सिंहले समयको मागअनुसार काँग्रेसको कार्यशैलीमा रूपान्तरण गर्न नसके गाह्रो पर्ने अवस्था आएकोसमेत बताए। पछिल्लो समय काँग्रेस पावर बेस पोलिटिक्समामामात्रै केन्द्रित हुँदा यसको परिस्थिति सिर्जना हुन पुगेको उनको तर्क छ।

काँग्रेसले मूल्यमान्यता आदर्शको राजनीतिबाट विमुख भएकाले परिस्थिति जटिल बन्दै गएको उनको भनाई छ। उप चुनावको नतिजालाई पार्टीले गम्भीरताताका साथ लिनुपर्नेसमेत नेता सिंहको भनाई छ। चुनावी नतिजाको गम्भीर समीक्षा गर्नुपर्छ कमीकमजोरीलाई सुधार्नुपर्छ भन्दै निराश नभई पार्टी सङ्गठन निर्माणमा केन्द्रित हुनसमेत नेता कार्यकर्तामा आग्रह गरे।

Tags :
प्रतिक्रिया दिनुहोस