गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डेलाई नियुक्त गर्ने तयारी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डेलाई नियुक्त गर्ने तयारी


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्र पाण्डे आज मुख्यमन्त्री नियुक्त हुने भएका छन्।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिएको समयसिमा अघि नै सरकार दाबी गर्न जाने तयारी गरेको नेताहरूले बताएका छन्।

गण्डकीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले पनि मुख्यमन्त्री दाबी गर्दै आएका थिए। शीर्ष नेताहरूबीच पहिलो चरणमा काँग्रेस र दोस्रो चरणमा माओवादीले नेतृत्व गर्ने गरी सहमति भएको चुमानले दाबी गरेका छन्।

मंसिर ४ मा भएको निर्वाचनपछि गण्डकीमा नेकपा एमालेका संसदीय दल नेता खगराज अधिकारी नेतृत्वको सरकार गठन भएको थियो। केन्द्रमा एमाले सरकारबाट बाहिरिएपछि गण्डकीमा माओवादी सरकारबाट बाहिरिएको थियो।

मुख्यमन्त्री अधिकारीले गत शनिबार प्रदेश सभामा विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस