उपनिर्वाचनले काँग्रेसमा रुपान्तरणको अनिवार्यता देखीयो : विश्वप्रकाश शर्मा  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उपनिर्वाचनले काँग्रेसमा रुपान्तरणको अनिवार्यता देखीयो : विश्वप्रकाश शर्मा 


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले काँग्रेसमा रुपान्तरणको आवश्यकता देखिएको बताएका छन् । 

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । 

‘परिणामले हामीलाई रूपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरूप आफूलाई बदल्नु छ । नवीन अभियानमा, नयाँ ढङ्गले जुट्नेछौँ,’ महामन्त्री शर्माले ट्वीट गर्दै भनेका छन् । 

उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ को कमान्ड महामन्त्री शर्मा र तनहुँको निर्वाचन कमान्ड महामन्त्री गगन थापाले गरेका थिए । 

युवा मत आकर्षित गर्न सक्ने आङ्कलनसहित सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयलाई जिम्मेवारी दिएका थिए । तर, काँग्रेसले लज्जास्पद हार व्योहोरेको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस