यस बर्ष साढे ४ सयले लिए सगरमाथा आरोहणको अनुमति, ७३ करोड बढी राजस्व सङ्कलन  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

यस बर्ष साढे ४ सयले लिए सगरमाथा आरोहणको अनुमति, ७३ करोड बढी राजस्व सङ्कलन 


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । सगरमाथा आरोहणका यस बर्ष लागि चार सयभन्दा बढी आरोहीले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार यस वर्षको वसन्त ऋतुमा आजसम्म ४२ आरोही समूहका चार सय ६३ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका हुन् ।

अब दुई-तीन जना नेपाली र केही विदेशी सगरमाथा आरोहणको अनुमति लिने प्रक्रियामा रहेको पर्वतारोहण शाखाले जनाएको छ । समग्रमा यो वर्षको वसन्त ऋतुमा करिब चार सय ७० आरोहीले अनुमति लिने विभागको अनुमान रहेको छ ।

अनुमति लिएका आरोही अहिले सगरमाथाको आधार शिविर र दोस्रो शिविरमा आरोहणको प्रतीक्षामा छन् । सगरमाथाको चौथो शिविरसम्म आइसफल डाक्टरले बाटो बनाइसकेका छन् ।

सगरमाथाको चुचुरोमा डोरी टाँगेपछि आरोहण सुरु हुन्छ । सरकारले सगरमाथा आरोहण अनुमतिबाट मात्रै रु ७३ करोड ७४ लाख राजस्व सङ्कलन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस