रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । बारा-२ को उपनिर्वाचनमा ३१ उम्मेदवारहरूको जमानत जफत भएको छ। रास्वपाका उम्मेदवार रमेशप्रसाद खरेलसहित ३१ उम्मेदवारको जमानत जफत भएको हो।

निर्वाचनमा कूल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेको कारणले उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

आइतबार भएको मतदानमा ६९ हजार २२ मत खसेकोमा मतगणनाका क्रममा ६८ हजार १९२ मत सदर मध्ये रास्वपाका उम्मेदवार खरेलले चौथो स्थानमा रहँदै २ हजार ८ सय २९ मत मात्रै पाएका थिए । कूल सदर मतको ४.१४ प्रतिशत मात्रै मत पाएकाले उनको जमानत जफत भएको हो।

बारा-२ मा दलका १० र स्वतन्त्र २४ गरी कूल ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। बारा २ मा विजयी भएका सत्तागठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव २८ हजार ४१५ मत पाएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाए। नेकपा एमालेका पुरुषोत्तम पौडेलले  १० हजार  २१६ मतका साथ तेस्रो स्थानमा सीमित भएका थिए।

खरेलसहित ३१ जना उम्मेदवारको भने जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस