५०० र एक हजारका नोटबन्दी गर्नुपर्ने माग  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

५०० र एक हजारका नोटबन्दी गर्नुपर्ने माग 


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय सभाका सदस्य खिमलाल देवकोटाले हालको आर्थिक अवस्था सुधार्नका लागि ५०० र एक हजारका नोटबन्दी गर्नुपर्ने सुझाव दिएका छन् । 

आजको राष्ट्रियसभाको बैठकमा देवकोटाले यस्तो सुझाव दिएका हुन् । सुदृढ अर्थतन्त्रको विषयमा उठाएको प्रस्तावमा समर्थन गर्दै नोटबन्दीको सुझाव दिएका हुन् । 

देवकोटाले नेपालको अर्थतन्त्रमा संरचनागतरुपमा नै समस्या रहेको बताएका छन् । आयातमा र रेमिटेन्समा धानिएको अर्थतन्त्रमा उनले गम्भीर समस्या भएको बताएका छन् ।

उनले आ।व वर्ष २०७८-0०७९मा सरकारको चालु खर्च चलाउन ऋण लिनुपर्ने भएको जानकारी सरकारलाई गराएका छन् । उनले विकास र राष्ट्रिय गौरवका आयोजनाका कार्य बिचल्लीमा परेको विषय समेत उठाएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस