अख्तियार विधेयकमा संशोधन प्रस्ताव दर्ता  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

अख्तियार विधेयकमा संशोधन प्रस्ताव दर्ता 


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माले अख्तियार विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

उद्योग, व्यवसाय लगायत सबै निजी क्षेत्रको अनुगमन गर्ने बेग्ला-बेग्लै निकाय रहेकाले निजी क्षेत्रमा अख्तियार आउन आवश्यक नरहेको भन्दै उनले संशोधन प्रस्ताव दर्ता गरेका हुन्

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न बनेको (तेस्रो संशोधन) विधेयक २०७६ का सम्बन्धमा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि सांसद शर्माले यस्तो संशोधन प्रस्ताव राखेका हुन् । 

प्रतिनिधि सभा नियमावली २०७९ को नियम ११३ मा उल्लेखित सर्तको अधीनमा रही नियम ११२ बमोजिम विधेयकमा संशोधनका लागि सांसद शर्माले संघीय संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस