बुधबार संसदीय सुनुवाइ समिति गठन हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बुधबार संसदीय सुनुवाइ समिति गठन हुने


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । बुधबार संसदीय सुनुवाइ समिति गठन गरिने भएको छ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा सुनुवाइ समितिमा रहने सांसदहरूको नाम नै प्रस्ताव गरिने बताएका छन् ।

उनका अनुसार सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिमा रहने सांसदहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् । सम्भावित कार्यसूची सार्वजनिक गर्दै संसद्का महासचिव गौतमले यस्तो जानकारी दिएका हुन् ।

सोमबार संसदमा रहेका प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक बसेर संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरूमध्ये कुन दलले कति सदस्य लिने तय गरेका छन् । नेताहरूका अनुसार सुनुवाइ समितिको सभापति काँग्रेसले लिने सहमति छ । समितिका सभापतिसहित काँग्रेसका चार सदस्य रहन्छन् ।

एमालेका पनि चार जना सदस्य रहन्छन् । बाँकी चार सदस्यमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र जनता समाजवादी पार्टी (जसपा) का एक/एक सदस्य रहनेछन् ।

दलहरू सुनुवाइ समितिमा रहने सदस्यहरूको टुङ्गो लगाउने गृहकार्यमा छन् । बुधबार बिहान सुनुवाइ समितिमा रहने सदस्यहरूको टुङ्गो लगाउने र दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गर्ने गरी उपलब्ध गराउने दलहरूको तयारी छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो ३ बजेका लागि राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस